काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो संसदमा नयाँ दलको प्रवेशलाई जनता र लोकतन्त्रको जित भनेका छन्।
प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।
उनले यो पटक नयाँ दलहरु संसदमा आएका बताउँदै यो लोकतन्त्रकै सुन्दर पक्ष भएको उल्लेख गरे।
‘नयाँ दलहरु संसदमा आउनु भएको छ। तपाईंहरुको प्रवेश लोकतन्त्र र नागरिकको जीत हो’, उनले भने, ‘तपाईंहरुको आवेग जायज छ।’
उनीहरुमा देश र जनताको हितमा काम गर्न हुटहुटी रहेको प्रचण्डको भनाइ छ ।
Leave a Reply