Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

भारतमा ज्यान गुमाएका नेपालीप्रति प्रधानमन्त्रीद्वारा श्रद्धाञ्जली व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतको गुजरातबाट टिकापुर आउँदै गर्दा लखनउमा दुर्घटना भइ ज्यान गुमाएका मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्।

ट्विट गर्दै प्रधानमन्त्री प्रचण्डले बस दुर्घटनामा परि तीन जना नेपालीसहित एक अर्का व्यक्तिको मृत्यु भएको खबरले स्तब्ध तुल्याएको बताएका छन्।

उनले दुर्घटनामा परी ज्यान गुमाउने यात्रुप्रति श्रद्धाञ्जली व्यक्त गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन्।

'तीन नेपालीसहित चारजनाको ज्यान जाने गरी भएको दुर्घटनाको समाचारले स्तब्ध तुल्याएको छ', उनले भनेका छन्, 'दुर्घटनामा परी ज्यान गुमाउने यात्रुहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दछु। समस्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु।'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077