Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

चित्रबहादुर केसीले सरकारलाई विश्वासको मत नदिने 

काठमाडौं । राष्ट्रिय जनमोर्चा (राजमो)ले सरकारलाई विश्वासको मत नदिने भएको छ ।

राजमोका अध्यक्षसमेत रहेका सांसद चित्रबहादुर केसीले सोमबार नयाँ बानेश्वरस्थित संघीय सांसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै विश्वासको मत नदिने बताए ।

‘मैले बालुवाटारमै प्रचण्ड र शेरबहादुरलाई गठबन्धन भत्किए तपाईंहरु दुवैलाई मेरो समर्थन हुँदैन भन्दिइसकेको हुँ । गठबन्धन प्रचण्डले टुटाएको हो, हामीले टुटाएको होइन । नाम मात्र कम्युनिस्ट भएर भएन, चरित्र पनि कम्युनिस्ट हुनुपर्यो ।'

राजमोबाट प्रतिनिधिसभामा उनी एक मात्रै सांसद रहेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि विश्वासको मत लिँदैछन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077