Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

मा‌ओवादी केन्द्रको संसदीय दलको बैठक जारी

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को बैठक सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसिरहेको छ ।

पुस २६ गते लिने भनिएको विश्वासको मतको विषयमा छलफल गर्न उक्त बैठक बसेको जनाइएको छ ।

आज संसद्को पहिलो बैठक १ बजेका लागि बोलाइएको छ । संसद्‌ बैठक अगावै पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मतबारे पार्टीका सांसदहरूसँग छलफल गर्न बैठक बोलाएका हुन् ।

आइतबार सत्तारुढ राजनीतिक दलले प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारलाई विश्वासको मत दिन प्रतिनिधिसभाका सबै राजनीतिक दलहरुलाई आह्वान गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077