Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टिपरमा दुईवटा मोटरसाइकल ठोक्किए, दुई जनाको मृत्यु

सप्तरी । सप्तरीमा रोकिराखेको टिपरमा दुई वटा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

मृत्यु हुनेमा बा ८९ प ३२१५ नम्बरको मोटरसाइकल चालक सप्तरीको खडक नगरपालिका ११ बनौलीका २० वर्षीय बैजु भन्ने बैजनाथ चौधरी र प्रदेश १–०२–०४४ प ८६१९ नम्बरको मोटरसाइकल चालक डाक्नेश्वरी नगरपालिका १० का २२ वर्षीय रामाकान्त चौधरी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार दुवै युवकको घटनास्थलमै मृत्युु भएको थियो । आइतबार दिउँसो सप्तरीको खडक नगरपालिका ११ स्थित हुलाकी सडक खण्डमा बिग्रेर रोकिराखेको स १ ख ९२८ नम्बरको टिपरमा बोदेबर्साइनबाट राजबिराज तर्फ जाँदै गरेका दुईवटा मोटरसाइकल ठोक्किँएका थिए ।

दुवै मोटरसाइकलमा पछाडि सवार दुई युवक गम्भीर घाइते भएको बताइएको छ । टिपर र चालकलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077