Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

कक्षामा सधैँ प्रथम भएको रिसमा विद्यार्थीले गरे आफ्नै साथीको अपहरण

पर्सा । पर्सामा एउटै कक्षामा पढ्ने चार बालकले आफ्नै साथीको अपहरण गरेका छन् ।

कक्षामा सधैँ प्रथम हुने गरेकाले सोही रिसका कारण प्रतिस्पर्धी विद्यार्थीहरुले वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बस्ने १६ वर्षीय बालकलाई अपहरण गरी बन्धक बनाएका हुन् ।

ती बालकलाई अपहरण गरेको आरोपमा उनकै चारजना साथीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

आफ्नो घरको आँगनमै रहेका १६ वर्षका बालकलाई सँगै पढ्ने अरू चार जनाले कम्बलले छोपी मुखमा कपडा कोचेर केही पर लगी दुवै हातखुट्टा समेत बाँधेको अवस्थामा भेटेर उद्धार गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका बालकहरुलाई अपहरण तथा शरिर बन्धक कसूरमा ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमतिसमेत दिएको छ । उनीहरुमाथि आवश्यक अनुसन्धान भइरहेको पर्सा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077