Online Nepal
  • बुधबार, २१ कार्तिक २०८१
  • नेपाल टी–२० लिग : लुम्बिनीले जनकपुरलाई दियो १४४ रनको लक्ष्य

    नेपाल टी–२० लिग : लुम्बिनीले जनकपुरलाई दियो १४४ रनको लक्ष्य

    अनलाइन नेपाल
  • आइतबार, २४ पुष २०७९
  • 651
    SHARES

    काठमाडौं । नेपाल टी–२० लिगको फाइनल पुग्न लुम्बिनी सुपरस्टारले जनकपुर रोयल्सलाई १ सय ४४ रनको लक्ष्य दिएको छ ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार जारी पहिलो क्वालिफायरमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ४३ रनको योगफल तयार पारेको छ ।



    लुम्बिनीको ब्याटिङमा इशान पाण्डेले सर्वाधिक ३८ रन योगदान गरे । ओपनर हर्मीतसिंह गोल्डेन डकआउट हुँदा लाहिरु मिलान्थाले १६ रन जोडे ।



    कप्तान दिपेन्द्रसिंह ऐरी १० रन, अनिल शाह २४ रन र विपुल शर्मा २० रनमा आउट हँदा सेड्ली भान स्केल्कवेकले १७ रन योगदान गरे ।

    जनकपुरका अशन प्रियन्जन, सोमपाल कामी र जितेन्द्र मुखियाले दुई÷दुई विकेट लिँदा कप्तान ट्रेभोन ग्रिफित र पवन शर्राफले समान एक विकेट लिए ।

    आजको खेलमा विजयी हुने टिमले फाइनलमा स्थान बनाउने छ । र पराजित हुने टिमले भोली हुने इलिमिनेटरमा विराटनगर सुपर किङ्स र काठमाडौं नाइट्सबीचको विजेतासँग खेल्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार