Online Nepal
  • शनिबार, १३ पुष २०८१
  • कुर्मीको न्यायका लागि माइतीघर मण्डलमा लालटिन बालेर प्रदर्शन

    कुर्मीको न्यायका लागि माइतीघर मण्डलमा लालटिन बालेर प्रदर्शन

    अनलाइन नेपाल
  • आइतबार, २४ पुष २०७९
  • 735
    SHARES

    काठमाडौं । नेपालगन्ज उपमहानगरपालिका–१७ परस्पुरकी निर्मला कुर्मीलाई बेपत्ता बनाइएको घटना छानबिन गर्न सरकारले चासो नदेखाएको भन्दै अधिकारकर्मीहरूले लालटिन बालेर विरोध प्रदर्शन गरेका छन् ।

    अपहरण तथा शरीर बन्धक बनाई हत्या गरिएकी कुर्मीको न्यायका लागि आइतबार माइतीघर मण्डलमा लालटिन बालेर अधिकारकर्मीहरूले शान्तिपूर्ण विरोध प्रदर्शन गरेका हुन् ।



    कुर्मी र नकुर्नी धोबीको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै अधिकार मञ्चले पैदल र्‍यालीसहित विरोध गरेको हो ।



    तेस्रो चरणको आन्दोलन अन्तरगत आजै दिउँसो १ बजे कलंकीबाट आन्दोलनकारीहरू जुलुससहित माइतीघर मण्डलामा भेला भई बेलुका ४ बजे पत्रकार सम्मेलन गर्ने छन् ।

    प्रहरीले अहिले ६ जनालाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ भने एक जना वृद्धलाई तारेखमा राखेको छ। तर मुद्दामा मुख्य अभियुक्त भनिएका बादशाह कुर्मीलाई भने प्रहरीले पक्राउ गर्नुको साटो संरक्षण दिइरहेको मञ्चले आरोप लगाउँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार