काठमाडौं । निर्वाचन आयोग राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न आह्वान गरेको छ ।
निर्वाचन आयोगले यही पुस २५ देखि २८ गतेभित्र दल दर्ता गराउन आग्रह गरेको हो । राष्ट्रियसभा सदस्य लागि आउँदो माघ २५ गते उपनिर्वाचन हुँखैछ ।
लुम्बिनी प्रदेशबाट रिक्त राष्ट्रियसभा सदस्य एक पदका लागि उपनिर्वाचन हुन लागेको आयोगले जनाएको छ ।
हरेक निर्वाचनअघि आयोगले दल दर्ताका लागि आह्वान र दर्ता गर्नुपर्ने व्यवस्था छ ।