Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • कार्यदलले एमाले अध्यक्ष ओलीलाई बुझायो न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन

    कार्यदलले एमाले अध्यक्ष ओलीलाई बुझायो न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन

    अनलाइन नेपाल
  • शनिबार, २३ पुष २०७९
  • 699
    SHARES

    काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रम तय गर्न गठित समितिले सत्ता गठबन्धन दल एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रतिवेदन बुझाएको छ ।

    शनिबार साँझ कार्यदलका संयोजक विष्णु पौडेलले प्रतिवेदन बुझाएका हुन् । सत्तारुढ दलहरूको बालुवाटार भएको बैठकमा प्रतिवेदन बुझाइएको हो ।



    बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृमन्त्री रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, जनमत पार्टीका अध्यक्ष सीके राउत र नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी सहभागी थिए।



    प्रतिवेदनमा पुस २७ गते सार्वजनिक बिदा दिनेसहित विभिन्न प्रस्ताव समेटिएका छन् । कार्यदलले प्रदेश सभा सिट बाँडफाँटको मापदण्डसमेत बनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार