काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीबाट हटेपछि पहिलोपटक कांग्रेसको औपचारिक छलफलका लागि आज संसदीय दलको बैठक बसेको हो ।
यसअघि निर्धारित केन्द्रीय कार्य समिति बैठक स्थगित गरेर कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो । बैठकमा प्रतिनिधि सभा र राष्ट्रियसभाका सदस्यहरू सहभागी छन् ।
सोमवारबाट प्रतिनिधि सभाको बैठक बस्ने र प्रधानमन्त्रीले विश्वासको मत लिने तयारी भएकाले पार्टीको रणनीति बनाउन दलको बैठक बसेको हो ।
कांग्रेसले यसअघि अभ्यास गरेको छाया सरकारबारे आजै छलफल नहुने उपसभापति पूर्णबहादुर खड्काले बताए । यो बैठक आसन्न प्रतिनिधि सभा बैठक र विश्वासको मतको सन्दर्भमा केन्द्रित हुनेछ ।
Leave a Reply