Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • नेपाल टी -२० लिग : काठमाडौंले विराटनगरलाई दियो १५५ रनको लक्ष्य

    नेपाल टी -२० लिग : काठमाडौंले विराटनगरलाई दियो १५५ रनको लक्ष्य

    अनलाइन नेपाल
  • शनिबार, २३ पुष २०७९
  • 708
    SHARES

    काठमाडौं । नेपाल टी -२० लिगअन्तर्गत शनिबार जारी पहिलो खेलमा काठमाडौं नाइट्सले विराटनगर सुपर किङ्ग्सलाई एक सय ५५ रनको लक्ष्य दिउँको छ।

    त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ थालेको काठमाडौंले ६ विकेटको क्षतिमा एक सय ५४ रनको योगफल तयार गर्यो।



    काठमाडौंका लागि ओपनर सन्तोष कार्कीले ३४ बलमा ३४ रनको जोडेका थिए। चौथो नम्बरमा क्रिजमा उत्रिएका एलेक्स ब्लेकले २६ बलमा ३४ रन बनाएर पेभेलियन फर्किँदा सन्दीप रजालीले २४ बलमा ३४ रनको योगदान गरे।



    कप्तान ज्ञानेन्द्र मल्ल १३ बदमा २२ जोडेर अविजित रहे। यस्तै, बासिर अहमद पनि आठ बलमा १७ रनसहित नट आउट रहे।विराटनगरका लागि राज नननले चार ओभरमा एक मेडनसहित चार विकेट लिँदा १३ रन मात्र खर्चिए। यस्तै कप्तान रोहित पौडेल र नन्दन यादवले एक–एक विकेट लिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार