Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राप्रपाले कति मन्त्रालय पाउने विषयमा छलफल भएको छैन : राजेन्द्र लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार बनेपछि कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गरेको बताएका छन् ।

अध्यक्ष लिङ्देनले सभापति देउवासँग भेट भएको स्वीकार गरेका हुन् । उनले सरकारको न्यूनतम साझा कार्यक्रमका आधारमा नै पार्टी सरकारमा जाने नजाने निर्णय गर्ने बताए।

उनले भने, ‘सरकारमा जाने नजाने टुङ्गो नलागेसम्म अहिले नै कसको नेतृत्वमा को–को सरकारमा जाने छलफल गर्नु अनुचित हुन्छ । यो दलाली गरे जस्तो हुन्छ । कति मन्त्रालय पाउने विषयमा छलफल नै प्रवेश गरेको छैन ।’

उनले आफूहरूको प्रस्ताव न्यूनतम साझा कार्यक्रममा समावेश नभए पार्टीले सकारात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्नेसमेत स्पष्ट पारे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077