काठमाडौं । २२औँ संस्करणको आहा रारा पोखरा गोल्डकपको उपाधिका लागि आज सङ्कटा क्लब र अमेरिकाको भुटानी युथ स्पोर्ट्स खेल्दैछन् ।
पोखरा रंगशालामा यी दुई टोलीबीचको खेल दिउँसो साढे १ बजे सुरू हुनेछ ।
सङ्कटा क्लब त्रिभुवन आर्मी र साविक विजेता एपीएफलाई हराउँदै तथा भुटानिज युथ मनाङ मर्स्याङ्दी र चर्च ब्वाइजलाई हराउँदै फाइनलमा पुगेको हो ।
प्रतियोगिताको विजेताले १२ लाख र दोस्रो हुने टोलीले ६ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।
Leave a Reply