सप्तरी । सप्तरीमा चर्को मिटरब्याजी असुली गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको डाक्नेश्वरी नगरपालिका १ कविलासाका ५५ वर्षीय चन्द्रकान्त साह रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार उनलाई सर्वसाधारणको जग्गा राखेर चर्को मिटरब्याजी ऋण दिने र कतिपयको सावाँ ब्याज लिइसके पछिपनि धितो फिर्ता नगरेको आरोपमा पक्राउ गरिएको हो ।
सोही नगरपालिका १ निवारी स्व. मो. युसुफका छोरा मो. अफताब आलमको जाहेरीको आधारमा साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सोही मुद्दाका अर्का आरोपी जगरनाथ साहको खोजी कार्य भइरहेको र उनीमाथि पनि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।
Leave a Reply