Online Nepal
  • शनिबार, २७ पुष २०८१
  • सरकारको न्यूनतम साझा कार्यक्रम शनिबार सार्वजनिक गरिँदै

    सरकारको न्यूनतम साझा कार्यक्रम शनिबार सार्वजनिक गरिँदै

    अनलाइन नेपाल
  • शुक्रबार, २२ पुष २०७९
  • 771
    SHARES

    काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा तयार पारिएको न्यूनतम साझा कार्यक्रम शनिबार (भोलि) सार्वजनिक गरिने भएको छ ।

    कार्यदल सदस्य रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिइएको र सत्ता साझेदार दलका शीर्ष नेतालाई शनिबार प्रतिवेदन बुझाइने बताए।



    शनिबार सत्तागठबन्धनका शीर्ष नेताहरूलाई प्रतिवेदन बुझाएपछि अध्ययनपश्चात् आवश्यक थपघट गर्नुपरेमा थपघट गरेर सार्वजनिक गरिने भएको छ ।



    न्यूनतम् साझा कार्यक्रमभित्र आर्थिक समृद्धि, विकासलगायत थुप्रै पाटोलाई जोड दिइएको छ ।

    न्यूनतम साझा कार्यक्रममा भ्रष्टाचार नियन्त्रण,स्वास्थ शिक्षा,सेवा प्रवाह चूस्तदुरुस्त,मलका विषयलगायतका कार्यक्रमहरु समावेश गरिएको छ ।

    जसअन्तर्गत् धेरै घुँइचो हुने सरकारी कार्यालयमा टाइम कार्ड, किसानलाई सहज तरीकाले मलको व्यवस्था, युवा स्वरोजगार कार्यक्रम लगायत प्राथमिकतामा राखिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार