काठमाडौं । सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार भएको छ। शुक्रबार अर्थ मन्त्रालयमा बसेको सत्ता साझेदार दलहरूको कार्यदल बैठकले न्यूनतम साझा कार्यक्रमको मस्यौदालाई अन्तिम रूप दिएको हो।
कार्यदल सदस्य रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री मुकुल ढकालले न्यूनतम साझा कार्यक्रमलाई अन्तिम रूप दिइएको र सत्ता साझेदार दलका शीर्ष नेतालाई शनिबार प्रतिवेदन बुझाइने बताए।
उनले जनतालाई खुसी बनाउने गरी न्यूनतम साझा कार्यक्रम आउने दाबीसमेत गरे। शुक्रबार अर्थमन्त्रालयमा बसेको कार्यदलको बैठकपछि उनले भने,’कार्यदलले मस्यौदा तयार पारेको छ।
मुख्यतस्जनतालाई परिवर्तन दिलाउने विषय,विकासको अनुभूति दिने कुराहरु समावेश छन्। यस्तै सुशानलाई पनि प्राथमिकता दिइएको छ।’
न्यूनतम साझा कार्यक्रममा भ्रष्टाचार नियन्त्रण,स्वास्थ शिक्षा,सेवा प्रवाह चूस्तदुरुस्त,मलका विषयलगायतका कार्यक्रमहरु समावेश गरिएको छ ।
जसअन्तर्गत् धेरै घुँइचो हुने सरकारी कार्यालयमा टाइम कार्ड, किसानलाई सहज तरीकाले मलको व्यवस्था, युवा स्वरोजगार कार्यक्रम लगायत प्राथमिकतामा राखिएको छ ।
Leave a Reply