काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापनपत्र बुझाएको छ ।
शुक्रबार अनेरास्ववियू अध्यक्ष सुदेश पराजुलीको नेतृत्वको टोलीले प्रधानमन्त्री प्रचण्डलाई ज्ञापनपत्र बुझाएका हुन् ।
त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री प्रचण्ड समक्ष स्ववियु निर्वाचन प्रणाली खर्चिलो भएकोले सवै विद्यार्थीको प्रतिनिधित्व गर्न नसक्ने तर्क राख्दै स्ववियु निर्वाचन पुर्ण समानुपातिक हुनुपर्ने अनेरास्ववियूले माग राखेको छ ।
Leave a Reply