काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भेटवार्ता भएको छ ।
शुक्रबार सिंहदरबारमा भएको भेटवार्तामा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल भएको हो ।
भेटमा द्विपक्षीय हितका विषयमा र नेपाल र अमेरिकाबीचको ७५ वर्ष लामो मित्रताका बारेमा कुराकानी भएको छ ।
भेटमा राजदूत थम्पसनलाई श्रेष्ठलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना पनि दिएका उपप्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
Leave a Reply