सप्तरी । सप्तरीमा चिसोले कठ्यांग्रिएर एकजनाको मृत्यु भएको छ।
जिल्लाको तिलाठी कोइलाडी गाउँपालिका– ४ मुसहरी टोलका ४५ वर्षीय देवु सदाको चिसोका कारण मृत्यु भएको हो।
खुला ठाउँमा रहेको फुसको घरमा राति खाना खाएर सुतेका उनी बिहान मृत भेटिएका हुन् ।
मृतक सदाका तीन छोरा र तीन छोरी छन् भने श्रीमतीको दुई वर्षअघि नै मृत्यु भइसकेको छ।
विपन्न मुसहर समुदायका उनको घरमा न्यानो कपडाको अभाव रहेको र यसकै कारण उनको ज्यान गएको हुनसक्ने स्थानीयले बताए ।
Leave a Reply