Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • निर्मला हत्या प्रकरण : डीएनए परीक्षणका लागि शंकास्पद दुई जनाको नमुना संकलन

    निर्मला हत्या प्रकरण : डीएनए परीक्षणका लागि शंकास्पद दुई जनाको नमुना संकलन

    अनलाइन नेपाल
  • शुक्रबार, २२ पुष २०७९
  • 1K
    SHARES

    धनगढी। निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धानमा जुटेको प्रहरीले अत्यधिक खोजीका शंकितको डीएनए संकलन गरेको छ ।

    प्रहरीले डीएनए परीक्षणका लागि उनीहरूको रगत संकलन गरेको हो । प्रहरीको उच्च स्रोतका अनुसार रगत संकलन गरिएका दुवैजना भारतीय नागरिक हुन् ।



    २०७५ साल साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिकामा पर्ने उल्टाखामकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो ।



    १३ वर्षीया निर्मलाको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीको अनुसन्धान टोलीले दुई जनाको रगतको नमुना संकलन गरेको हो ।

    डीएनए संकलन गरिएका शंकित पक्राउ परेको हो कि होइन भन्ने विषयमा प्रहरीले केही खुलाएको छैन । ती व्यक्तिको डीएनए प्रोफाइलिङका लागि भारतबाटै रगतको नमुना ल्याइएको हो कि नेपालमै पक्राउ गरी नमुना संकलन गरिएको हो, त्यो पनि खुलाइएको छैन ।

    यद्यपि रगतको नमुना संकलन गरिएका व्यक्ति प्रहरीको अत्यधिक खोजीको सूचीमा रहेका व्यक्ति रहेको प्रहरी स्रोतले बताएको छ ।

    उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेलगत्तै निर्मला पन्तको हत्याबारे न्यायिक छानबिन गर्ने पहिलो निर्णय गरेका थिए ।

    प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का डीआईजी दुर्गा सिंहको नेतृत्वमा निर्मला प्रकरणको अनुसन्धान गर्न छानबिन समिति बनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार