Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • नेपाल टी–२० लिगमा जनकपुरले लुम्बिनीलाई दियो १६० रनको लक्ष्य

    नेपाल टी–२० लिगमा जनकपुरले लुम्बिनीलाई दियो १६० रनको लक्ष्य

    अनलाइन नेपाल
  • शुक्रबार, २२ पुष २०७९
  • 609
    SHARES

    काठमाडौं । नेपाल टी–२० लिगमा जनकपुर रोयल्सले लुम्बिनी अलस्टार्सलाई १६० रनको लक्ष्य दिएको छ । शुक्रबार बिहान १७ ओभरमा घटाएर त्रिवि क्रिकेट मैदानमा खेलाइएको खेलमा जनकपुरले ६ विकेट गुमाउँदै १५९ रन बनाएको हो ।

    टस हारेर ब्याटिङको निम्तो पाएको जनकपुरका लागि वेष्ट इन्डिजका ब्याटर त्रिभोन ग्रिफितले सर्वाधिक ४७ रन बनाए । उनले ११ बलमा ३ चौका र ५ छक्का सहित आक्रामक ब्याटिङ गरे ।



    ओपनर ब्याटर सराफुद्नि अस्राफले १८ बलमा ५ चौका र १ छक्का सहित ३४ रन बनाए । आज ओपनिङमा आएका खडक बोहोराले ३० बलमा २२ रन बनाए ।



    समिमुल्लाह सिनवारीले ११ बल खेल्दै २० रन बनाए । दिलिप नाथले १० रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् । लुम्बिनीका लागि कुशल भुर्तेल र सागर ढकालले समान २–२ रन विकेट ।

    पत ब्रोउन र इशान पाण्डेले एक÷एक विकेट लिए । लुम्बिनी ९ खेलमा ८ जित र एक हार सहित १६ अंकको साथ तालिकाको शीर्ष स्थानमा छ ।

    जनकपुर समान ९ खेलमा ६ जित र ३ हार सहित १२ अंकको साथमा दोस्रो स्थानमा छ । यी दुवै टिम प्लेअफ पुगिसकेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार