Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रहरी कार्यालयको पर्खाल नाघेर भागेका क्षेत्री दुई दिनपछि पक्राउ

स्याङ्जा । प्रहरी कार्यालयको पर्खाल नाघेर भागेका रमेश क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको छ ।

जबरजस्ती करणी मुद्धामा वालिङ् हिरासतमा र हरिनास गाउँपालिकाका २४ वर्षीय क्षेत्री २ दिनपछि पक्राउ परेका हुन्।

सोमबार साँझ भागेका उनी बुधबार साँझ पक्राउ परेका हुन्। वालिङ नगरपालिका ४ स्थित च्यारेको जंगलबाट ओरालो लाग्दै‎ गरेको अवस्थामा साँझ साढे ७ बजेतिर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

एक बालिकामाथि जबरजस्ती करणीकोको आरोपमा पुस ११ गते पक्राउ परेका क्षेत्री १८ गते हतकडी आफैले फुकालेर भागेका थिए ।

जिल्ला अदालत स्याङ्जाबाट म्याद थप गरी थप अनुसन्धानका लागि हिरासतमा राख्ने कार्यालयको पर्खाल नाघेर भागेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077