Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रतिनिधिसभाको पहिलो बैठकका लागि एजेन्डा तय गर्न सर्वदलीय बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमेशर जबराले बोलाएको सर्वदलीय बैठक आज बस्दैछ ।

प्रतिनिधि सभाको पहिलो बैठकका लागि एजेन्डा तय गर्न दिउँसो १ बजे सर्वदलीय बैठक बस्न लागेको हो ।

बैठकमा पार्टीका सचेतक र संसदीय दलबाट प्रतिनिधिलाई बोलाइएको छ । बैठकमा स्वतन्त्र सांसदहरूलाई पनि बोलाइएको छ ।

बैठकमा सभामुखको निर्वाचन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधनलगायत विषयमा छलफल गरिने बताइएको छ ।

गएको निर्वाचनपछि संसद्को पहिलो बैठक यही पुस २५ गते बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077