Online Nepal
  • बिहिबार, ११ पुष २०८१
  • पाल्पा बस दुर्घटना अपडेट : मृतक सबैको पहिचान खुल्यो, खुर्साने गाउँ शोकमा

    पाल्पा बस दुर्घटना अपडेट : मृतक सबैको पहिचान खुल्यो, खुर्साने गाउँ शोकमा

    अनलाइन नेपाल
  • शुक्रबार, २२ पुष २०७९
  • 714
    SHARES

    पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिकामा बिहीबार राति बस दुर्घटना हुँदा मृत्यु भएका ६ जनाको पहिचान खुलेको छ ।

    रुपन्देहीको सालझण्डीबाट यात्रु लिएर प्रस्थान गरेको ग १ ख ४९७७ नम्बरको बस राति साढे ९ बजे रैनादेवी छहरा ८ खुर्सानेमा दुर्घटना भएको हो।



    दुर्घटनामा ३३ वर्षीया निर्मला घिमिरे, उनकी छोरी ११ वर्षीया सुरुमा घिमिरे, ५४ वर्षीया खेमकुमारी राना, १९ वर्षीया विमा पाण्डेय, ४५ वर्षीया गुनाकुमारी गाहा र २१ वर्षीया दानकुमारी खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।



    मृतक सबै रैनादेवी छहरा–८ खुसार्ने गाउँ कै हुन् । दुर्घटनामा १८ जना घाइते भएको पाल्पाका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्र थापाले जानकारी दिए ।

    बस सडकबाट करिब ६० मिटर तल भिरमा खसेको थियो । दुर्घटनामा घाइते भएकाको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार