Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेल ढाका प्रस्थान

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री ईश्वर पोखरेल बंगलादेशको ढाका प्रस्थान गरेका छन् ।

बंगलादेशको क्रान्तिकारी श्रमिक पार्टीको १० औं महाधिवेशनमा पार्टीको तर्फबाट भाग लिन आज उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले भोलि शुक्रबार आयोजना हुने महाधिवेशनको उद्घाटनसत्रमा एमाले पार्टीको सन्देशसहितको धारणा राख्ने बताइएको छ ।

नेता पोखरेलसँग एमालेका विदेश विभाग सदस्य डा. दीपेन्द्र श्रेष्ठ पनि ढाका गएका छन् । वरिष्ठ उपाध्यक्ष पोखरेल शनिबार नेपाल फर्कने छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077