Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

डलर साट्ने बहानामा लुटपाट गर्ने चारजना पक्राउ

मकवानपुर । मकवानपुरमा अवैध अमेरिकी डलर देखाई ठगी गरेको आरोपमा चारजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले बुधबार दिउँसो हेटौंडा–१७ सालक पार्कबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्ला बाहृबिसे-३ का २१ वर्षीय सोम बहादुर बम्जन, सोही ठाउँका ३३ वर्षीय दिवस बम्जन, बाहृबिसे–४ का २८ वर्षीयका कान्छा तामाङ र त्रिपुरासुन्दरी–३ का २८ वर्षीय सुक्र तामाङ रहेका छन् ।

उनीहरूको साथबाट १,७४१ अमेरिकी डलर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनीहरूको साथबाट ६ हजार २१० नेपाली रुपैयाँ, तीन वटा मोटरसाइकल, ८ बण्डल कागजको नक्कली नोट, मोबाईल ५ थान समेत बरामद गरिएको छ ।

उनीहरूलाई मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २४९, २५२ बमोजिम ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्टर्सन) सम्बन्धी कसुर तथा संगठित अपराध सम्बन्धी कसुरमा मुद्धा दर्ता गरी कारबाही प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077