Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बैंकको हाकिम हुँ भन्दै ठगी गर्ने एकजना पक्राउ

कैलाली । कैलालीमा बैङ्क तथा वित्तीय संस्थाको हाकिम हुँ भन्दै ठगी गर्ने एकजना पक्राउ परेका छन् । कैलाली र कञ्चनपुरमा ठगी गर्दै आएका नटवरलाल भनिने ३५ वर्षीय पदमराज भट्टलाई कैलाली प्रहरीले पक्राउ गरेको हो ।

दार्चुलाको लेकम गाउँपालिका–१ का भट्टलाई वडा प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका–३ बाट पक्राउ गरेको हो ।

सशस्त्र प्रहरीका भगौडासमेत रहेका उनले डर, त्रास देखाएर ठगी गर्दै आएका थिए। यसैगरी, विभिन्न प्रलोभन देखाएर ललाई फकाई महिलाको अश्लील भिडियो बनाउने र उनीहरूलाई ‘ब्ल्याकमेल’ गर्ने गरेका थिए। उनी यसअघि पनि विभिन्न अपराधमा कारागार बसिसकेका व्यक्ति हुन् ।

नटवरलाल भट्टलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077