Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारले गर्‍यो सात सचिवको सरुवा, को कहाँ ?

काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सात सचिवको सरुवा गरेको छ ।

मन्त्रिपरिषद् बैठकले सचिव तोयम राया,कृष्णहरि पुष्कर,मधु मरासैनी,धनराज ज्ञवाली,उदयराज सापकोटा, डा.राम प्रसाद घिमिरे र रामेश्वर दंगाललाई सरुवा गरेको हो ।

अर्थ सचिवमा तोयमलाई ल्याइएको छ भने राजस्व सचिवमा घिमिरे आएका छन् । अर्थ सचिव पुष्करलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।

यसैगरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुन सचिव ज्ञवालीलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र कानुन सचिव सापकोटालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा गरिएको छ ।

अक्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव घिमिरेलाई राजश्व सचिव र राजश्व सचिव दंगाललाई अक्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077