काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन ५ चैतमा हुने भएको छ ।
विद्यार्थी कल्याण परिषद्को बिहीबारको बैठकले स्ववियु निर्वाचन आउँदो ५ चैतमा गराउने निर्णय गरेको हो ।
२०६५ देखि स्ववियु निर्वाचन नहुँदा त्रिवि आलोचित हुँदै आएको थियो ।
१४ वर्षपछि हुन लागेकाे चुनावले त्रिविका ६२ वटा आंगिक क्याम्पसमा नयाँ विद्यार्थी नेता चुनिनेछन् ।
Leave a Reply