Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मन्त्रिपरिषद बैठक सकियो, राष्ट्रियसभाको उपनिर्वाचन माघ २५ मा

काठमाडौं । मन्त्रिपरिषद् बैठक सकिएको छ। बैठक प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा बसेको हो। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले २५ माघमा राष्ट्रियसभा उपनिर्वाचन गर्ने निर्णय गरेको छ ।

लुम्बिनी प्रदेशबाट निर्वाचित खिमलाल भट्टराईले प्रतिनिधिसभा सदस्य निर्वाचनअघि राजीनामा दिएका थिए । त्यसपछि रिक्त रहेको ठाउँमा निर्वाचन हुन लागेको हो ।

बैठकमा सरकारले ल्याउन लागेको साझा न्यूनतम कार्यक्रम,मन्त्रायलयका नियमित एजेन्डा,समसामयिक राजनीतिकलगायत विषयमा छलफल भएको जनाइएको छ।

पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्र भएपछि दोस्रो पटक बैठक बसेको हो। यसअघि पुस ११ गते प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारको पहिलो बैठक बसेको थियो।

प्रचण्ड प्रधानमन्त्रीमा नियुक्त भएपछि सोही दिन बेलुकी मन्त्रिपरिषद बैठक डाकेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077