Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राजेन्द्र लिङ्देनकै नेतृत्वमा राप्रपा सरकारमा जाने

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारमा जाने निश्चित भएको छ । सत्ता गठबन्धनको चौथो ठूलो दल राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनकै नेतृत्वमा सरकारमा जाने भएको हो ।

लिङ्देन उपप्रधानमन्त्रीसहित सरकारमा जानेछन् । सरकार गठन भएको एक सातासम्म सरकारमा जाने कि नजाने भन्नेमा अनिर्णित थियो ।

बुधबार बसेको पार्टीको बैठकले अध्यक्ष लिङ्देनको नेतृत्वमा सरकारमा जाने निर्णय गरेको हो । तेस्रो ठूलो दल रास्वपाले ३ मन्त्रालय पाउने भएकाले राप्रपालाई २ मन्त्रालय दिने प्रस्ताव छ ।

तर उसले ३ वटा मन्त्रालय दाबी गरेको छ । लिङ्देनसँगै महामन्त्री डा.धवल शम्सेर जबरा, बुद्धिमान तामाङ र ध्रुवबहादुर प्रधान मन्त्रीका मुख्य दाबेदार देखिएका छन् ।

अर्का दाबेदार विक्रम पाण्डेको भने भ्रष्टाचार मुद्दामा अख्तियार सर्वोच्च अदालत जान लागेकाले उनी यसपटक मन्त्री बन्ने सम्भावना नरहेको राप्रपा स्रोतले जनाएको छ ।

जुम्लाबाट निर्वाचित भएका युवा नेता तथा प्रवक्ता ज्ञानेन्द्र शाही पनि मन्त्रीका प्रबल दाबेदार हुन् । प्रत्यक्ष निर्वाचित राप्रपाका ७ जना सांसदमध्ये दीपक बोहोरा र विक्रम पाण्डेबाहेक अरूबाट मन्त्री बन्ने सम्भावना छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077