Online Nepal
  • बिहिबार, २४ असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डद्वारा कम्बोडियामा मृत्यु भएका पाण्डेका बुवासँग भेट

    प्रधानमन्त्री प्रचण्डद्वारा कम्बोडियामा मृत्यु भएका पाण्डेका बुवासँग भेट

    अनलाइन नेपाल
  • बिहिबार, २१ पुष २०७९
  • 486
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कम्बोडियाको ग्राण्ड डायमण्डसिटी र क्यासिनोमा भएको आगलागीमा परी मृत्यु भएका निराकार पाण्डेका बुवा अग्नि पाण्डेसँग भेट गरेका छन् ।

    प्रधानमन्त्रीले बिहीबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बोलाई पाण्डेसँग भेट गरेका हुन् ।



    भेटका अवसरमा प्रधानमन्त्री प्रचण्डले निराकारको निधनप्रति दुःख व्यक्त गर्दै परिवारजनप्रति समवेदना व्यक्त गरेको र उनको शव नेपाल ल्याइ परिवारलाई सरकारको तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाएको सचिवालयले जनाएको छ ।



    गत बिहीबार राति कम्बोडियामा आगलागीमा परी झापा घर भएका निराकारसहित १९ जनाको निधन भएको थियो ।

    भेटमा प्रचण्डसँगै उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान एवम् भौतिक पूर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने पनि सहभागी थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार