Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सन्दीप लामिछानेको पुनरावेदन सुनुवाइ आज पनि स्थगित

काठमाडौं । बलात्कार आरोपमा कारागारमा रहेका क्रिकेटर सन्दीप लामिछानेको पुनरावेदन सुनुवाइका लागि बिहीबार तोकिएको पेशी स्थगित भएको छ ।

पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको निर्णय विरूद्धको निवेदनमा लामिछानेका पक्षबाट पेसी स्थगित गरिएको हो।

न्यायधीश राज्यलक्ष्मी बज्राचार्य र नरिश्‍वर भण्डारी इजलासमा पेशी चढेको थियो। यसअघि पुस १४ गते तोकिएको पेशी हेर्न नभ्याउने भन्दै आजलाई सारिएको थियो।

यस अघि पनि सो निवेदनमा दुई पटक पेशी तोकिएको थियो । एकपटक लामिछानेकै कानून व्यवसायीको तर्फबाट पेसी स्थगित गरिएको थियो ।  दोस्रो पटक भने इजलासको समय अभावका कारण सुनुवाई हुन सकेको थिएन ।

नाबालिग किशोरीलाई जबरजस्ती बलात्कारको अभियोगमा थुनामा पठाइएका लामिछानेका कानुन व्यवसायीले गत मंसिर २९ गते पुनरावेदन दर्ता गराएका थिए ।

पीडित भनिएकी किशोरीको २ वटा जन्मदर्ता रहेको र उनी नाबालिग नभएको भन्दै अलालतमा प्रमाण पेश गरेका छन् । अदालतले त्यसबारेमा सम्बन्धित कार्यालयबाट प्रमाण समेत झिकाइसकेको छ ।

सन्दीपलाई प्रहरीले गत असोज २० गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रक्राउ गरेर अनुसन्धान गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077