रूपन्देही। छाडा पशुचौपाया नियन्त्रण गर्न भन्दै रूपन्देहीको सिद्धार्थनगर नगरपालिकाले गाई, गोरू, साँढेलाई घिसार्दै लगेपछि विरोध भएको छ।
डोरीले गाई गोरूलाई बाँधेर गाडीले घिसार्दै लगिएका फोटा सार्वजनिक भएसँगै नगरपालिकाको आलोचना भएको हो ।
छाडा छाडिएका पशुचौपायाका कारण सडकमा दुर्घटना बढेको र सुन्दरता समेत हराउन थालेको भन्दै नगरपालिकाले पशुचौपाया नियन्त्रण अभियान सुरू गरेको थियो।
सोही क्रममा सिद्धार्थनगर नगरपालिकाले लु १ ग ३६२ नम्बरको ट्रकमा बाँधेर साँढेलाई घिसार्दै लगेको तस्बिर सामाजिक सञ्जालमा राखेर आलोचना भइरहेको छ।
छाडा चौपाया नियन्त्रण गर्ने नाममा निर्ममतापूर्वक घिसारेर लगिएको भन्दै स्थानीयले विरोध गरेका छन्। स्थानीय युवाहरुले बुधबार साँझ नगरपालिका कार्यालय अगाडि नाराबाजीसमेत गरेका थिए।
Leave a Reply