काठमाडौं । डीएसपी ठगबहादुर केसीमाथि छानविन सुरु भएको छ ।
व्यवसायीको ३५ तोला सुन र २५ लाख रुपैयाँ हिनामिनाको आरोपमा निलम्बनमा परेका डीएसपी केसीमाथि छानविन सुरु भएको हो ।
एसएसपी चन्द्रकुवेर खापुङको नेतृत्वमा गठित समितिले बुटवल पुगेर घटनाको अनुसन्धान सुरु गरेको बताइएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत डीएसपी केसीले व्यापारीको सुन र रकम गायव गरिदिएपछि प्रहरी प्रधान कार्यालयमा उजुरी परेको थियो। उजुरीपछि केसीलाई प्रहरी प्रधान कार्यालय निलम्बन गरेको थियो ।
Leave a Reply