Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • निर्मला पन्त प्रकरण : अनुसन्धान गर्न डीआईजी सिंह कञ्चनपुरमा

    निर्मला पन्त प्रकरण : अनुसन्धान गर्न डीआईजी सिंह कञ्चनपुरमा

    अनलाइन नेपाल
  • बुधबार, २० पुष २०७९
  • 939
    SHARES

    काठमाडौं । कञ्चपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको अनुसन्धान गर्न गठित टोली कञ्चनपुर पुगेको छ।

    अनुसन्धान टोलीका संयोजक डीआईजी दुर्गा सिंह कञ्चपुर पुगिसकेकी छिन्। टोलीका अन्य सदस्य भने कञ्चनपुर जाने तयारीमा रहेको प्रहरी स्रोतले जनाएको छ।



    यसअघि पनि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का जुनियर प्रहरी अफिसरको एक टोली कञ्चनपुरमै बसेर उक्त घटनाको अनुसन्धान गरिरहेको छ।



    उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेपछि निर्मला पन्तको हत्याबारे न्यायिक छानबिन गर्ने पहिलो निर्णय गरेका थिए । उपप्रधानमन्त्रीसमेत रहेका लामिछानेकै निर्देशनपछि प्रहरी हेडक्वाटरले सिंहको नेतृत्वमा पाँच सदस्यीय अनुसन्धान समिति गठन गरेको थियो।

    समितिमा सिंहसँगै सीआईबीकै एसपी कमल थापा, इन्सपेक्टर हिरेन्द्र रोकाय र दुई जना मनोचिकित्सक छन्।

    २०७५ साउन १० मा कञ्चनपुरको भीमदत्त नगरपालिका उल्टाखाम घर भएकी निर्मलाको हत्या भएको थियो ।

    १३ वर्षीया पन्तको बलात्कार र हत्या आरोपमा २५ दिनपछि प्रहरीले दिलिपसिंह विष्टलाई समातेर सार्वजनिक गरेको थियो ।

    २०७५ भदौ २६ मा जिल्ला अदाललते संलग्नता पुष्टि गर्ने आधार नभएको र डीएनए म्याच नभएको भन्दै विष्टलाई साधारण तारेखमा रिहा गर्न आदेश गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार