Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायो

    नेपाल टी–२० लिगमा विराटनगरले फार वेस्टलाई ६ विकेटले हरायो

    अनलाइन नेपाल
  • बुधबार, २० पुष २०७९
  • 948
    SHARES

    काठमाडौं । राजधानीमा जारी रहेको पहिलो संस्करणको नेपाल टी–२०  लिगमा विराटनगर सुपर किंग्सले फार वेस्ट युनाईटेडलाई पराजित गरेको छ ।

    टियु मैदान किर्तिपुरमा फार वेस्टले दिएको १ सय ५७ रनको लक्ष्य विराटनगरले १९.३ ओभरमा ४ विकेट गुमाएर पुरा गर्यो ।



    विराटनगरका लागि रोहित पौडेलले ४२ बलमा ६० रनको अर्धशतकीय ईनिङ खेले । प्रदिप ऐरी ४० रनमा आउट हुँदा हुसेन तलतले १७ रन बनाए । पृथु बास्कोटा १७ रनमा अविजित रहँदा गौरान्शु शर्माले ११ रन बनाए ।



    विराटनगरका लागि साहब आलमले सर्वाधिक तीन तथा किओन जोसेफले दुई विकेट लिए।

    फार वेस्टका लागि नुर अहमद,प्रकाश जैशी,करण केसी र हसमतुल्लाह साहिदीले समान १/१ विकेट लिए ।

    फार वेस्टका लागि विनोद भण्डारीले ३८ बलमा ४५ रनमा आउट हुँदा कप्तान हसमतुल्लाह शाहिदीले २४ बलमा २७ रन बनाए । करन केसीले अविजित २१ रन बनाउँदा उमर अलिले १६ रन बनाए ।

    जितसँगै विराटगनर सुपर किङ्ग्सले आठ खेलबाट ६ अंक जोडेर अंक तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। पराजित फार वेस्ट सात खेलमा एक खेल मात्र जितेर तालिकाको पुछारमा छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार