Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस महामन्त्री थापाले भने - केन्द्रीय कार्यसमितिको बैठकअघि भातृ संस्थाहरूलाई पूर्णता दिऔँ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले केन्द्रीय कार्यसमितिको बैठकअघि भातृ संस्थाहरुलाई पूर्णता दिन प्रस्ताव गरेका छन् ।

महामन्त्री थापाले २८ गते बस्ने कार्यसमितिको बैठकअघि नेवि संघ महिला संघ, तरुण दल, किसान संघ लगायतका भातृ संस्थाहरुलाई पूर्णता दिनु पर्ने बताएका हुन् ।

उनले भने, ‘बैठक आसपासमा हाम्रो पार्टीको भातृ संस्थाहरुलाई पूर्णता दिने बिषयहरु मत २८ गतेको बैठकभन्दा पहिला टुंगाऔं भन्ने पक्षमा छु। मैले सबैसँग कुरा गर्दै छु, नेवि संघ महिला संघ, तरुण दल किसान संघ लगायत केन्द्रीय समिति बनाउने काम अहिल्यै टुंग्याऔं।’

आगामी बैठकमा सभापतिले विभागको नाम समेत प्रस्तुत गर्न माग गरेका छन्। अब बस्ने बैठकले विभाग र भातृ संस्थाहरुलाई पूर्णता दिनुपर्नेमा उनको जोड छ।

कुनै पक्ष विपक्ष भन्दापनि अहिले पार्टीका कमिटीलाई पूर्णता दिन नसकेकै कारणले पार्टी सञ्चालनमा समस्या भएको उनले भनाइ छ।

पार्टी विधानले गरेको सभापतिलाई सबै अधिकार दिएपनि कार्यसम्पादन नहुँदा पार्टी सञ्चालनमा समस्या भएको उनको आरोप छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077