Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सुदूरपश्चिम सरकार गठनका लागि प्रदेश प्रमुख जोशीले गरे आव्हान

धनगढी । सुदूरपश्चिमका प्रदेश प्रमुख देवराज जोशीले सरकार गठनको आह्वान गरेका छन् । संविधानको धारा १६८ को उपधारा २ अनुसार २७ पुसको साँझ ५ बजेसम्म मुख्यमन्त्रीमा दाबी पेश गर्न आह्वान गरेका हुन् ।

प्रदेश प्रमुख जोशीले हिजै आव्हान गर्ने तयारी गरेकोमा दलहरूको आग्रहपछि आज विज्ञप्ति निकालिएको हो । ५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेशसभामा बहुमतका लागि २७ सांसद चाहिन्छ ।

संविधानको १६८ (२) मा दुई वा दुई भन्दा बढी दलको समर्थनमा प्रदेशसभा सदस्यले मुख्यमन्त्रीमा दावी पेश गर्न सक्ने व्यवस्था छ । सुदूरपश्चिम प्रदेशसभामा कुनै पनि दलको बहुमत छैन ।

त्यसैले बहुमत पुर्‍याउनका लागि दुई वा दुई भन्दा बढी दल मिल्नुपर्नेछ । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा सरकार गठनका लागि २७ जनाको समर्थन चाहिन्छ ।

यहाँ ठूलो दल नेपाली कंग्रेसको १९, नेकपा माओवादी केन्द्रको ११, नेकपा एमालेको १०, नागरिक उन्मुक्ति पार्टीको ७, नेकपा एकीकृत समाजवादीको ४, राप्रपाको १ र एक जना स्वतन्त्र सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077