Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक छ दिन पछि सर्‍यो

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक ६ दिन पछिलाई सारिएको छ । २२ पुस शुक्रबारका लागि बोलाइएको बैठक ६ दिन पर सारिएको हो ।

केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक २८ पुसको दिउँसो १ बजे बस्ने पार्टी कार्यालय सानेपामा बस्नेछ।

प्रतिनिधिसभाको अधिवेशन पौष २५ गते प्रारम्भ हुने भएकाले २३ गते संसदीय दलको बैठक बोलाएको उनले बताए। केन्द्रीय समिति बैठक मूल रुपमा गत निर्वाचनको समीक्षा गर्न बोलाइएको छ ।

बैठकका छलफलका एजेण्डामाा समसामयिक राजनीतिका सन्दर्भ र विविध समेत राखिएको छ । ४ मंसिरको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनपछि कांग्रेसको केन्द्रीय समिति बैठक बसेको छैन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077