Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

शरद भेषवाकर र आरिफ शेखको एक स्वर - सन्दीप लामिछानेलाई न्याय हुनुपर्छ

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी शरद भेषवाकर र आरिफ शेखले जेलमा रहेका सन्दीप लामिछानेको न्यायका लागि आवाज उठाएका छन्।

बुधबार बिहान सामाजिक सञ्जालमार्फत खेलाडीद्वय भेषवाकर र शेखले बलात्कारको आरोप लागेर जेलमा रहेका लामिछानेले न्याय पाउनु पर्ने धारणा राखेका हुन्।

​शरदले एक पोस्ट सेयर गर्दै ह्यासट्यागमा ‘जस्टिस फर सन्दीप लामिछाने’ लेखेका छन्। आरिफले पनि ह्यासट्यागमा ‘जस्टिस फर सन्दीप लामिछाने’ लेख्दै न्याय हरेक मानिसको हक भएको बताएका छन्।

उनले सन्दीपलाई जतिसक्दो चाँडो न्याय होस् भन्दै सन्दीपले देशलाई फेरि गौरवान्वित गर्न सकुन् भनेर कामना समेत गरेका छन्।  क्रिकेटरहरुले ह्यास ट्याग प्रयोग गर्दै ‘जस्टिस फर सन्दीप लामिछाने’ लेखिरहेका छन् ।

जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै उनले उच्च अदालत पाटनमा पुनरावेदन दिएका छन् । यसअघि पुस १४ गते उनको निवेदनको पेसी तोकिएकोमा हेर्न नभ्याइनेमा परेको थियो ।

गत भदौ २१ गते एक नाबालिकाले सन्दीपविरुद्ध गौशाला प्रहरीमा जाहेरी दिएकी थिइन् । त्यतिबेला क्यारेबियन लिग खेल्न जमैका पुगेका लामिछाने २० असोजमा नेपाल फर्किएका थिए । उनलाई सोही दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले नियन्त्रणमा लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077