Online Nepal
  • बिहिबार, १३ मंसिर २०८१
  • बुर्किना फासोमा हिंसा : गोली हानी मारिएका २८ जनाको शव फेला

    बुर्किना फासोमा हिंसा : गोली हानी मारिएका २८ जनाको शव फेला

    अनलाइन नेपाल
  • बुधबार, २० पुष २०७९
  • 663
    SHARES

    एजेन्सी । बुर्किना फासोको उत्तर–पश्चिमी सहर नोउनामा गोली हानी मारिएका २८ जनाको शव फेला परेको छ ।

    एक नागरिक समाज समूहले फेला परेका शव जिहादीविरुद्ध लडिरहेको सरकार समर्थित स्वयंसेवी बलका सदस्य भएको दाबी गर्दै सशस्त्र नागरिकहरूलाई हत्याको दोष लगाएको हो ।



    दाबीबारे सरकारले कुनै टिप्पणी गरेको छैन तर घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ। बुर्किना फासो एक दशक लामो विद्रोहको चपेटामा परेको छ, जसका कारण झण्डै २० लाख मानिसहरूलाई विस्थापित गरेको छ ।



    सेनाले गत जनवरीमा बुर्किना फासोमा आक्रमणको अन्त्य गर्ने वाचा गर्दै सत्ता कब्जा गरेको थियो, तर हिंसा अझै चर्किरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार