Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

'कांग्रेसले सरकारी उद्योग निजीकरण गर्दा समस्या आयो, अब दिगो विकासमा ध्यान दिनुपर्छ'

काठमाडौं । विगतमा नेपाली कांग्रेसको सरकारले सरकारी उद्योग कारखानाहरु निजीकरण गर्दा अहिले समस्या भएको राष्ट्रिय सभा सदस्य वामदेव गौतमले बताएका छन् ।

मंगलवार राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद गौतमले सो कुरा बताएका हुन् ।

उनले कांग्रेस नेतृत्वका सरकारले विगतमा सरकारी उद्योगहरुलाई अफ्ठ्यारो पर्ने र निजीकरण गर्ने काम गरेको बताए ।

वर्तमान सरकारले मुलुकभित्र स्वदेशी उत्पादनमा वृद्धि गरी दिगो विकासमा ध्यान दिनुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077