Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

काठमाडौं महानगरले भन्यो - ‘विद्यालय शान्ति क्षेत्र’को उल्लंघन भयो, बाहिरी मान्छे प्रवेश नगराउनू

काठमाडौं । काठमाडौं महानगरपालिकाको शिक्षा विभागले पूर्व स्वीकृति बिना कसैलाई विद्यालयमा प्रवेश नगराउन विद्यालयहरुलाई निर्देशन दिएको छ ।

महानगरपालिकाको शिक्षा विभागले सबै विद्यालयलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो ।

विभागको अनुसार विद्यालयहरुमा धार्मिक संगठन, विद्यार्थी संगठन, मानव अधिकार, बाल अधिकार, एनजीओ, आईएनजीओ, संस्था, गेष्ट लेक्चर आदीको नाममा विद्यार्थी तथा शिक्षक विद्यार्थीहरुसँग जबरजस्ती आर्थिक सहयोग माग गर्ने, शिक्षक विद्यार्थीलई अमर्यादित व्यवहार गर्ने, विद्यार्थीहरुलाई अवाञ्छित गतिविधिका लागि उक्साउने जस्ता क्रियाकलाप भइरहेको अभिभावक तथा विद्यालयको बारम्बार गुनासो आइरहेकोले पूर्व स्वीकृति बिना प्रवेश नगराउन महानगरले भनेको छ ।

विद्यालय शान्ति क्षेत्रको उल्लंघन भई विद्यालयको समग्र शैक्षिक गतिविधि प्रभावित भएको गुनासो विद्यालय तथा अभिभावकबाट आएको हुनाले पूर्व स्वीकृति बेगर विद्यालयमा प्रवेश अथवा कसैलाई आमत्रण गर्नै पर्ने भएमा विभागलाई पूर्व जानकारी गराएर मात्रै प्रवेश गराउन विभाग अधिकृत रामप्रसाद सुवेदीले विज्ञप्तिमार्फत जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077