Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • विचार मिल्ने दलसँग एकताका लागि जसपाले बनायो वार्ता समिति

    विचार मिल्ने दलसँग एकताका लागि जसपाले बनायो वार्ता समिति

    अनलाइन नेपाल
  • मंगलबार, १९ पुष २०७९
  • 735
    SHARES

    फाइल तस्विर

    काठमाडौं । जनता समाजवादी पार्टीले विचार मिल्ने विभिन्न दल तथा संगठनसँग एकता, सहकार्यका लागि वार्ता समिति गठन गरेको छ ।

    काठमाडौंमा बसेको राजनीति समितिको बैठकले नेता राजेन्द्र श्रेष्ठको संयोजनमा वार्ता समिति गठन गरेको हो ।



    श्रेष्ठको संयोजनमा बनेको समिति सदस्यमा रकम चेम्जोङ र गोविन्द चौधरी रहेका छन् । जसपा प्रवक्ता मनिष सुमनका अनुसार सत्ता गठबनधनसँग सम्बन्धित वार्ता यही समितिले गर्नेछ ।



    जसपा र नेकपा एकीकृत समाजवादीबीच पार्टी एकताको विषयबारे गृहकार्य अघि बढाइसकेका छन् । ४ मंसिरको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनपछिको परिवर्तित अवस्थाले जसपा र नेकपा एसलाई नजिक्याएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार