Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • नेपाल टी-२० लिग

    ‘म्याच फिक्सिङ’बारे अख्तियारले थाल्यो अनुसन्धान

    ‘म्याच फिक्सिङ’बारे अख्तियारले थाल्यो अनुसन्धान

    अनलाइन नेपाल
  • मंगलबार, १९ पुष २०७९
  • 645
    SHARES

    काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) र भारतीय कम्पनी सेभेन थ्री स्पोट्स आयोजनामा जारी नेपाल टी-२० लिगमा म्याच फिक्सिङको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान थालेको छ ।

    गृह मन्त्रालयले लिगमाथि अनुसन्धान अगाडि बढाउन अख्तियारलाई पत्र लेखेपछि अनुसन्धान थालिएको हो । मंगलबार बिहान नेपाल टी २० का कमेन्टेटर सचिन तिमल्सेनाले फिक्सिङ भइरहेको ठोकुवा गर्दै सामाजिक सञ्जालमा भिडियो पोस्ट गरेका थिए ।



    उनले फिक्सिङको आशंकामा लिग छाडेका छन् । पूर्व कप्तान समेत रहेका ज्ञानेन्द्र मल्लले पनि आफ्नो टिमका साथीलाई फिक्सिङको अफर समेत आएको बताएका छन् । यस्तै यसबारे सूचना र उजुरी परेपछि सिआइबीले पनि अनुसन्धान गरिरहेको छ ।



    मंगलबार म्याच फिक्सिङमा संलग्न रहेको आशंकामा सीआईबीले दुई जनालाई नियन्त्रणमा लिएर सोधपुछपछि कागजात गराएर छाडेको हो । यद्यपि यसमा अहिलेसम्म प्रहरीले प्रमाण फेला पारेको छैन।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार