Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

तत्काल सरकारमा सहभागी नहुने जसपाको निर्णय

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले तत्काल सरकारमा सहभागी नहुने निर्णय गरेको छ ।

सोमबार र मंगलबार बसेको जसपाको राजनीतिक समितिको बैठकले सो निर्णय गरेको हो ।

सरकारको निति तथा कार्यक्रम एवं शक्ति बाँडफाँडका आधारमा मात्रै सरकारमा सहभागी हुने अन्यथा सरकारलाई बाहिरैबाट समर्थन गर्ने निर्णय गरेको छ ।

साथै, जसपाले विभिन्न दल तथा संगठनहरूसँंग एकता, सहकार्य तथा गठबन्धन गर्न पार्टीका नेता राजेन्द्र श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय समिति पनि बनाएको छ । समितिमा रकम चेम्जोङ र गोविन्द चौधरी छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077