Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेकपा एस सरकारमा जाने नजाने निर्णय केन्द्रीय सचिवालयले गर्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सरकारमा जाने नजाने बारेको निर्णय गर्ने जिम्मेवारी केन्द्रीय सचिवालयलाई दिने निर्णय गरेको छ ।

पोलिटब्युरो बैठकपछि प्रवक्ता जगन्नाथ खतिवडाले भने, ‘सरकारमा सहभागिताबारे थप अध्ययन गर्नुपर्ने भयो । अब सरकारको नीति र कार्यक्रम हेरेर समर्थन र विरोध गर्ने निर्णय यो बैठकले सचिवालयलाई दिएको छ ।

केन्द्रीय सचिवालयमा पार्टीका पदाधिकारीहरू छन् ।

प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुनुपर्ने अधिकांश नेताको दबाबका कारण बैठकले ठोस निर्णय लिन नसकेको हो।

 

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077