Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

अवकाशमा जान लागेका उपरथी शाही सैनिक प्रहरीको हिरासतमा

काठमाडौं । नेपाली सेनाका उपरथी प्रेम शाहीलाई सैनिक प्रहरी गणले नियन्त्रणमा लिएको छ । बुधबारबाट अनिवार्य अवकाशमा जान लागेका उपरथी शाहीलाई सैनिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

शाहीले आफ्नो पदावधि एक वर्ष बाँकी रहेको दाबी गर्दै नेपाली सेनाको जंगीअड्डा र रक्षा मन्त्रालयविरुद्ध ७ पुसमा सर्वोच्च अदालतमा रिट दायर गरेका गरेका थिए ।

उनको पक्षमा अदालतले आदेश दिएसँगै उनी हाजिर हुन जंगीअड्डा जाने तयारीमा थिए । तर, उनलाई सैनिक प्रहरी गणले नियन्त्रणमा लिएको सैनिक स्रोतले बताएको छ ।

नेपाली सेनाका प्रवक्ता कृष्णप्रसाद भण्डारीले विगतमा परेका केही उजुरीको विषयमा छानबिन गर्नुपर्ने भएकाले ‘भित्रै बस्न’ निर्देशन भएको बताए ।

सैनिक प्रहरीले नियन्त्रणमा लिएर उनलाई स्वास्थ्य परीक्षणका लागि छाउनीस्थित सैनिक अस्पतालमा लगेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077